दफा ६७८
सम्पत्ति धनीले दायित्व व्यहोर्नु पर्नेः
देहायको कुनै कारणबाट कसैलाई हानि, नोक्सानी भएमा सम्बन्धित सम्पत्ति धनीले दायित्व व्यहोर्नेछः–
(क) कुनै मेशिन, उपकरण वा यन्त्रलाई त्यसको प्रकृति अनुसार उपयुक्त ढङ्गबाट सुरक्षाका उपायहरू नअपनाएको कारणलेविस्फोटन भएमा,
(ख) कुनै प्रज्वलनशील वा विस्फोटक पदार्थलाई त्यसको प्रकृति अनुसार उपयुक्त ढङ्गबाट सुरक्षाका उपायहरू नअपनाएकोकारणबाट त्यसमा आगलागी भएमा वा सो विस्फोटन भएमा,
(ग) कुनै औद्योगिक प्रतिष्ठानले निर्धारित मापदण्ड विपरीत हुने गरी अत्याधिक धुँवा, ध्वनि पैदा गरेकोमा,
(घ) विपद्को कारणले वा कुनै तेस्रो व्यक्तिको कामले बाहेक कुनै राजमार्ग, सडक, गल्ली, बाटोमा रुख ढलेको वाढालेकोमा,
(ङ) निर्धारित मापदण्ड विपरीत हुने गरी उपयुक्त ढङ्गबाट पूर्व सावधानीका उपायहरू नअपनाई खुला रूपमा नहर, कुलो, पाइपवा ढलबाट दूषित, विषालु वा सरुवा रोग लाग्ने पदार्थ निष्काशन भएमा ।